१९ बैशाख २०८१, बुधबार

“ईनफ ईज ईनफ” अभियन्ताले १२ औ दिनमा तोडे अनसन

hams pm enough is enough

अनशनरत सत्याग्रही ईः र पुकार बमले अनशन बसेको १२ औ दिनमा(आज) अनशन तोडेका छन् । क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै पाटनको डबलीबाट शुरु भएको अनसनको १२औ दिन सरकारी पक्ष र अभियान्ता पक्ष बिच १२ बुदे सहमती भई टुङ्गीएको छ ।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

गत बिहिबार उक्त समुहले औपचारिक रुपमा माननीय स्वास्थ्य मन्त्री समक्ष हामीले आफ्ना मागहरू राखेका थिए । सोही दिन उनिहरुको स्वास्थ स्थिती बिग्रीदै गएपछी ह्याम्स अस्पताल लागिएको थियो ।

अनसनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री स्वयम उपस्थित भएर युवाहरुको वस्तुस्थिती वारेमा जानकारी लिएका थिए । सोही दिन अनसना तोडाउने प्रयास भएतापनी युवाहरु आफ्नो अडानमा कायम नै रहे । ईनफ ईज ईनफ अभियानमा संलग्न युवाहरुले प्रधानमन्त्री संगको भेटलाई सकरात्मक भनेका थिए ।

बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।

pg 1
pg 2