११ बैशाख २०८१, मंगलवार

‘इनफ इज इनफ’का अभियन्ता ईः ले लिखित सम्झौतापछि २३ औं दिनमा ताेडे अनशन

ee

२३ दिनदेखि आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले २३ औं  दिनमा अनशन तोडेका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका हुन्।

कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने १२ बुदे लिखित सम्झौता भएपछि उनले अनशन तोडेका हुन् । आइतबार बिहान उनी र स्वास्थ्य मन्त्रालयका प्रतिनितधिबीच लिखित सम्झाैता भएकाे छ । 

आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए ।

ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारेन्टिन व्यवस्थित गर्नेलगायतका १२ बुँदामा सहमति जनाएपछि ईः ले अनसन तोडेका थिए । तर एक हप्तासम्म पनि सहमति कार्यान्वयन नभएपछि ईः ले दोस्रोपटक साउन ३ गतेबाट फेरि अनसन सुरु गरेका थिए ।

अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको उल्लेख छ ।

p.jpg .2020 08 09
pA.jpg .2020 08 09