२६ बैशाख २०८१, बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

Sandeep Lamichhane

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । यसअघि सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण अदालत बन्द रहेकाले सुनुवाइ आज हुन लागेको हो ।

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतल काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सम्बन्धित समाचार...