२४ बैशाख २०८१, सोमबार

कपिल र सुनीलको नयाँ सहकार्य, ५ वर्षको तीक्तता समाप्त

kapil sharma and sunil grover

भारतीय टेलिभिजनका ख्याती प्राप्त हाँस्य कलाकार कपिल शर्मा र उनका सहयात्री सुनील ग्रोवर ‘द कपिल शर्मा शो’मा वर्षौंसम्म एकअर्कासँग काम गरेपछि सन् २०१८ मा ठूलो झगडा भएको थियो ।

कपिल शर्मा र सुनिल ग्रोवर कमेडी जगतका दुई अनुहार हुन्, जसको जोडीले सधैं हलचल मच्चाएका छन् । कपिल शोमा डाक्टर मसहुर गुलाटीको भूमिकामा हँसाइरहेका सुनीललाई कपिलले जहाजमा दुर्व्यवहार गरे। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडे।

कपिलले एक यात्राको क्रममा सुनील ग्रोवरलाई दुर्व्यवहार गरेका कारण उनको ब्यस्त करियरमा धक्का पुगेको थियो फलतः उनले गरिरहेको कामबाट हात झिक्न पर्यो । तर, ५ वर्षपछि दुवैले आफ्नो मतभेद मेटाएर फेरि सँगै काम गर्ने निर्णय गरेका छन् ।

उनीहरुको मित्रताको चर्चाका बीच हालै कपिल–सुनीलले पार्टी गरेको तस्बिर इन्टरनेटमा भाइरल भइरहेको छ । उनीहरुको जोडीलाई चाँडै नै ‘नेटफ्लिक्स’ शोमा आफ्नो कमेडीले सबैलाई हँसाएको देखिने भएको छ । आफूले प्रस्तुति दिएर हँसाइरहेको शोमा सुनील अब पाहुना बनेर आउन सक्नेछन्। उनीहरू शोमा आएको भाग कहिले प्रसारण हुन्छ भन्ने यकिन छैन। तै यो खबरले सुनील र कपिललाई एकसाथ देख्न चाहने फ्यानहरू उत्साहित छन्। 

हालै, मुम्बईमा उनको नयाँ नेटफ्लिक्स शोको लन्च पार्टी आयोजना गरिएको थियो, जसका धेरै फोटोहरू इन्टरनेटमा भाइरल भएका थिए । कपिल र सुनिलको पछिल्लो तस्विरमा पनि देखियो, जसलाई अभिनेत्री अर्चना पूरन सिंहले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

पहिलो तस्बिरमा कपिल शर्मा र सुनिल ग्रोवर एकअर्कासँग कुरा गरिरहेका देखिन्छन् । जहाँ दोस्रो फोटोमा गिन्नी चतरथ र अर्चना पूरन सिंह पोज दिइरहेका छन् । अर्को तस्बिरमा कपिल, गिन्नी र अर्चना पूरन सिंह छन् ।

कपिल शर्मा र सुनिल ग्रोवरको तस्बिर सेयर गर्दै अर्चना पूरन सिंहले लेखेकी छिन्, ‘कहिले एकअर्कालाई टाढै राखेर, कहिले हात समाएर हिँडिरहने छौँ, तिमीलाई कति माया छ र हामीले पनि कति साथ दियौँ भनेर ।’

    सम्बन्धित समाचार...