३ जेष्ठ २०८१, बिहीबार

यसरी पक्राउ परे १४ केजी अवैध सुनसहित गोरखाका चन्द्र घले

sun taskari

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलोग्राम सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् ।

हिजो राति फ्लाई दुबईको जहाजबाट काठमाडौं उत्रेका घलेलाई विमानस्थलबाट भन्सारका अधिकारीहरूले पक्राउ गरेका हुन् । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर ल्याएका थिए ।

छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको सह–सचिव टोकराज पाण्डेले बताए ।

उनी बुधबार नै फ्लाई दुबईको फ्लाइटबाट नेपाल आउन लागेको पूर्वसूचना पाएपछि भन्सारका अधिकारीहरूले एयरपोर्टमा निगरानी बढाएका थिए । तर घले बुधबार नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरूले निगरानी गरेका थिए । विमान अवतरणसँगै अन्य यात्रु गइसकेपछि अन्तिमतिर झरेका घलेलाई लगत्तै भन्सारको टोलीले पक्राउ गरेको थियो ।

एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । उनले जुत्तामा समेत सुन लुकाएको पाइएको भन्सारले जनाएको छ । बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने भन्सार विभागले जनाएको छ ।

sun

सुन ल्याउन लगाउने गोरखाका मिनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरीका डीआईजी अर्जुन चन्दले बताए ।

यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

    सम्बन्धित समाचार...