२६ बैशाख २०८१, बुधबार

आजदेखि पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

pashupatinath

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिार र नसालु पदार्थ निषेध गरिएको छ।

बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र से
वन समेत गर्न नपाउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    सम्बन्धित समाचार...