
पार्टी भित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नु छ, साथी पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

गएको आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन भारत सक्रिय भएको भन्ने धारणा राखेपछी मंगलबारको बैठकमा पुष्पकमल दहालले स्थायी कमिटी बैठकमा “प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्, यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।’ भनेका थिए ।