१६ बैशाख २०८१, आईतवार

इजरायलमा वेपत्ता विपिन जोशी सकुशल नेपाल फर्किनेमा गुटरेसको विश्वास

Pm Prachanda And Antonoyo Guteres Joint press Meet 8 2

गत अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेर वेपत्ता भएका विपिन जोशी सकुशल रहनेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले विश्वास व्यक्त गरेका छन् ।

४ दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गुटेरेले उक्त विश्वास व्यक्त गरेका हुन् । उनले हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरे । आफूले हमासले बन्धक बनाएका सदै नागरिकको रिहाई चाहेको गुटेरेसको भनाई थियो ।

‘इजरायलमा भएको आक्रमणमा परेर बेपत्ता भएका विपिन जोशीलाई सुरक्षित घर फर्कन मेरो तर्फबाट शुभकामना छ,’ उनले भनेका छन्।

अक्टोबर ७ मा इजरायलमा भएको उक्त महलामा परेर १० जना नेपालीले ज्यान गुमाएका थिए । भने कञ्चनपुरका विपिन हालसम्म पनि वेपत्ता रहेका छन् । उनलाई विद्रोही समूह हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

    सम्बन्धित समाचार...