१६ बैशाख २०८१, आईतवार

राष्ट्रसंघका महासचिव गुटेरेस र देउवा-ओलीबीच छुट्टाछुट्टै भेट

aaa

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टाछुटै भेट भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा महासचिव गुटरेसले देउवा र ओलीसँग छुट्टाछुटै भेट गरेका हुन् । देउवासँगको भेटवार्ता पछि उनले ओलीसँग भेट गरे । दुवै नेताका लागि १५-१५ मिनेटको समय छुट्याइएको थियो ।

त्यसअघि गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भेट गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

a
k

    सम्बन्धित समाचार...