१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच यी महत्वपूर्ण विषयमा भयो छलफल (पूर्णपाठसहित)

Pm Prachanda And Antonoyo Guteres Joint press Meet 5 1 768x562 1

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । भेटवार्ता पनि संयुक्त पेस मिट गर्दै प्रधानमन्त्री प्रचण्डले मौसम परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या, संक्रमणकालीन न्याय निश्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदायले खेल्नुपर्ने भूमिका, नेपालको आर्थिक समृद्धि र विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ

सौहार्दपूर्व वातावरणमा दुई पक्षीय हितका र अहिलेका राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विषयमा विश्वासका साथ हामीले छलफल .गर्यौं । मुख्य रुपमा हाम्रो मौसम परिवर्तन सम्बन्धित विषयमा हामीले गम्भीर रूपले चर्चा गर्यौं र नेपालमा त्यसको जो नकारात्मक परिणाम छ त्यसलाई कम गर्नका लागि अन्तराष्ट्रिय समुदाय, मुख्यतः संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको हामीले उच्च प्रशंसा गर्यौं ।

आउने दिनमा अझ ठूलो सहयोगको अपेक्षा हामीले गर्यौं । त्यसैगरी नेपालको शान्ति प्रक्रिया संक्रमणकालीन न्याय अन्तर्गत जो अन्तिम चरणमा छ, त्यसलाई टुङ्गोमा पुर्याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौं । त्यसैगरी, नेपालको आर्थिक समृद्धि र विकासका बारेमा अनि हामी एलडिसीबा ग्राजुएट हुँदैछौं । त्यो प्रक्रियालाई सहज बनाउन र एसडीजीमा २०३० सम्ममा हामीले लक्ष्य राखेका छौं त्यसका बारेमा पनि हाम्राबीचमा असाध्यै सकारात्मक छलफल भयो ।

मैले निकै खुसी र सन्तुष्टि पनि व्यक्त गरेँ । संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपालको राजनीतिक उतार चढावबारे पनि सबै कुरा थाहा छ । नेपालको शान्ति प्रक्रियाको बारेमा, नेपालको मौसम परिवर्तन र त्यसको असरको बारेमा पनि उहाँलाई सबै थाहा छ । धेरै भन्नै नपर्ने गरी उहाँले नेपालको हितमा र नेपालले शान्ति सेनाको रुपमा विश्व शान्तिका निम्ति खेलेको भूमिका नेपाली सेना, नेपाली प्रहरीको उहाँले मुक्त कण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि यसमा हामीले गरेको योगदान अनसार उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौं । यो भ्रमणपछि राष्ट्रसंघ र नेपालको बीचमा र अन्तराष्ट्रिय समुदायसँग पनि हाम्रो सम्बन्ध सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौं ।

Pm Prachanda And Antonoyo Guteres Joint press Meet 10 2 1
Pm Prachanda And Antonoyo Guteres Joint press Meet 7 1 768x502 1
Pm Prachanda And Antonoyo Guteres Joint press Meet 8 2

    सम्बन्धित समाचार...