१६ बैशाख २०८१, आईतवार

मुगु सामूहिक हत्या प्रकरण – तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो

mu

मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

हिजोदेखि घटनास्थल सुरक्षित राखेको प्रहरीले आज तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धानसहित शव उठाउने तयारी गरेको बताइएको छ । चारै जनाको शव हिजो बिहान नौ बजे फेला परेको हो ।

ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहोरा, उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।

हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको देखाएको छ । केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको छ ।

श्रीदेवीका श्रीमान् दीपक बोहोरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

    सम्बन्धित समाचार...