१६ बैशाख २०८१, आईतवार

प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजे : शेखर कोइराला

sekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातिय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरेका छन्। दसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातिय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने नेता कोइरालाले जिकिर गरे।

उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले राजनैतिक दलका नेताहरु संवेदनशिल र सचेत हुनुपर्ने जिकिर गरे। उनले जातिय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातिय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे।

प्रधानमन्त्री दाहालले जनजाती दिवसका अवसरमा अब आउने निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बहुमत दिलाए जातिय राज्य दिन सकिने बताएका थिए। प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो।

नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताए । उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउँदै कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनैतिक गतिविधि बढ्ने जानकारी दिए।

    सम्बन्धित समाचार...