२२ बैशाख २०८१, शनिबार

मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे छ : अर्थमन्त्री डा. महत

prakash saran mahat
फाइल फोटो

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् ।

वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक आगमन, घरजग्गा काराेबार, राजस्व रेमिट्यान्स बढेकाे र बजेट कार्यान्वयनमा गएकाे अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्,´ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहस´सँग कुरा गर्दै उनले भने ।

सेना, प्रहरी वा कर्मचारीले तलब नपाउने स्थिति नभएकाे पनि डा. महतले बताए । उनले भने, `अर्थतन्त्रमा सुधार हुँदैन, केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई सकारात्मक दिशामा माेड्न हामी निरन्तर प्रयत्नशील छाैं । हाम्राे आत्मविश्वास बढ्दै छ । चाँडै नै नेपालमा लगानी सम्मेलन पनि गर्दैछाैं ।´

अर्थमन्त्री डा. महतले आफू यत्तिकै घुमघामका लागि पटकपटक विदेश नगएकाे पनि स्पष्ट पारे । उनले थपे, `अरुणमा ठूलाे लगानी आएकाे छ । दूधकाेसीमा एडीबीकाे लगानी आउँदै छ । म त्यत्तिकै विदेश गएकाे हाेइन नि । विश्वमञ्चमा आफ्ना कुरा ठाेस ढंगले राख्न र राम्ररी बुझाउन गएकाे हुँ ।´

बीआरआईकाे ऋणभन्दा अनुदानमा मुलुककाे प्राथमिकता रहने पनि उनले बताए । डा. महतले भने, `भविष्यमा ऋण तिर्न नसक्ने विकराल अवस्था नआओस् भनेर हामी सचेत छाैं । तत्काल अनुदान हाम्राे प्राथमिकता हाे ।´

    सम्बन्धित समाचार...