२० बैशाख २०८१, बिहीबार

करण बने सर्वोत्कृष्ट खेलाडी

Karan KC

नेपालका फास्ट बलर अलराउन्डर करण केसी त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलमा नेपाल यूएईविरुद्ध ४ विकेटले पराजित भए पनि प्रतियोगिता भर उत्कृष्ट बलिङ प्रदर्शनका कारण उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

करणले ५ खेलमा १० विकेट लिएका थिए । उनले लिगको पहिलो खेलमा यूएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र लिगकै अन्तिम खेलमा युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा विकेट विहीन रहेका उनले ४२ रन खर्च गरेका थिए ।

त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि करण नै चुनिए । सिरिजका सर्वाधिक विकेट लिएका करणले पल्सरको १६० सीसीको मोटरसाइकल उपहार स्वरुप प्राप्त गरे । यूएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् । उनले पाँच खेलमा १५९ रन बनाएका थिए ।

    सम्बन्धित समाचार...