२० बैशाख २०८१, बिहीबार

रोमाञ्चक खेलमा दक्षिण अफ्रिका १ विकेटले विजयी

pakistan vs south africa

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा दक्षिण अफ्रिकाले एक विकेटको जित निकालेको छ । पाकिस्तानले दिएको २७० रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर ४ बलमा २ सय ७० रनमा अल आउट भएको थियो । पहिलो विकेटका रुपमा पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक व्यक्तिगत ९ रनमा मार्को यानसनको बलमा क्याच आउट भए । इमाम उल हकले १२ रन मात्र बनाउन सके । उनलाई पनि यानसनलेनै आउट गरे । तेस्रोविकेटका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले ४८ रनको साझेदारी गरे । रिजवान ३१ रन बनाएर पेबयिलन फर्किए । इफ्तिखार अहमदले २१ रन मात्र बनउन सके । बाबर ५० रन बनाएर तबरेज शाम्सीको सिकार बनेपछि पकिस्तान २७ ओभर५ बलमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाएको खराव अवस्थामा पुगेको थियो । छौंठौं विकेटका लागि साउद सकिल र सदाब खानले ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई सम्मानजनक योगफलतर्फ उन्मुख गराएका थिए । शाहिन शाह अफ्रिदी २ र मोहम्मद वासिम जुनियरले ७ रन बनाए ।

दक्षिण अफ्रिकाका स्पिनर तबरेज शाम्सीले ४ विकेट लिए । मार्को यानसनले ३ र जेराल्ड कोट्जीको नाममा २ विकेट रह्यो ।

२७१ रनको प्रतिस्पर्धात्मक लक्ष्यसहित जवाफी ब्याटिङ उत्रिएको दक्षिण अफ्रिकाले मध्यम सुरुवात गरेको गरेको थियो । ओपनर तेम्बा वाभुमानले २७ बलमा २८ रन जोडे । क्विन्टन डी-कक १४ बल खेलेर २४ रन बनाएर मैदानबाट बाहिरिए । रास्सी डुसेन २१ रन जोडे । एडरेन मार्कमले सर्वाधिक ९१ रन जोडे । ९३ बल खेलेका उनले तीन छक्का र सात चौका प्रहार गरे । डेभिड मिलरले २९र मार्को जासेनले २० रन जोडेका थिए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले सर्वाधिक तीन विकेट लिए । मोहम्मद वासिम, उसमा मिरले र हरिस रौफले समान दुई-दुई विकेट लिए ।

    सम्बन्धित समाचार...