२३ बैशाख २०८१, आईतवार

कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो

kangana ranaut tejas

कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ ।

कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्याे उत्साह लामाे समय टिक्ने देखिएकाे छैन ।

तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ ।

यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ ।

कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ, जुन साच्चै नै निकै कम हो ।

यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

    सम्बन्धित समाचार...