१६ बैशाख २०८१, आईतवार

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

Oli prachanda Singhadarbar 2 768x507 1

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमण, चालु संसद् अधिवेशन अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा छलफल गर्न दुई नेताबीच भेट भएको हो ।

महासचिव गुटरेस नेपाल भ्रमणका क्रममा कात्तिक १४ संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तालिका छ । उनको सम्बोधनपछि चालु संसद् अधिवेशन अन्त्य गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

Oli prachanda Singhadarbar 1 768x491 1
Oli prachanda Singhadarbar 3 768x518 1
Oli prachanda Singhadarbar 2 768x507 1

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय

    सम्बन्धित समाचार...