२० बैशाख २०८१, बिहीबार

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको उपाधि

395443288 737408655082184 783014224287258552 n

नेपालले आयोजना गरेको त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको हो ।

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १ बल अगाडिनै १ ६७ रन बनाएर नेपालविरुद्ध ४ विकेटको जीत निकाल्दै उपाधि चुमेको हो । यूएइका लागि कप्तान मह्मद वसिमले आक्रमक पारी खेल्दै ४५ रन जोडेका थिए । २२ बलमा ७ चौका र २ छक्का हिर्काउँदै ४५ रनको योगदान दिएका थिए । उनी गुल्सन झाको बलबाट आउट भएका थिए । त्यस्तै भृत्य अरविन्दले २६ रन बनाउँदा ओपनर आयान्श शर्माले २५ रन थपे । भने बसिल हमिदले नटआउट रहँदै २२ रन थपे । बलिङतर्फ नेपालका गुल्सन झा र अभिनास बोहराले समान २ तथा कुशल मल्लले १ विकटे लिएपनि त्यो जीतका लागि पयाप्त भएन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ओपानर कुशल भूर्तेलको ५० रनको अर्धशतकिय पारीको मद्दतमा १६२ रनको मध्यम स्कोर खडा गरेको थियो । २९ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ६ चौकाको मद्दतमा ५० रन बनााएका थिय । अर्धशतक पूरा गरेलगत्तै भूर्तेल यूएईका जाहुर खानको बलमा आउट भएका थिए । त्यस्तै करण केसीले २३ रन जोड्दा २ चौका र १ छक्का हिर्काएका हून् । भने अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १ छक्का र १ चौका हिर्काउँदै २० रन जोडेका थिए । उनी अली नसीरको बलमा आउट भएका थिए । उनलाई नासिरले क्लिन बोल्ड गरेका थिए ।

त्यस्तै कप्तान रोहित पौडेलले १८ रन थप्दा ओपनर आसिफ शेखले ७ रन र कुशल मल्लले १ रन थपेका थिए ।

यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । सिरिजमा नेपाल,यूएई र हङकङ सहभागी रहेको छन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

    सम्बन्धित समाचार...