१६ बैशाख २०८१, आईतवार

आजदेखि सरकारी कार्यालयहरु खुले

singha durbar gate

दसैंको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुलेका छन् ।

घटस्थापनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आएका हुन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको चहलपहल भने कम छ । यस्तै कर्मचारीहरुको उपस्थिति पनि कम देखिएको छ ।

दसैंपछिको पहिलो दिन भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति कम भएको हो । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्रका मन्त्रालय र कार्यालयमा पनि खासै चहलपहल छैन ।

भोलि (शनिबार) सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारीले शुक्रबार व्यक्तिगत बिदाबाट काटिने गरी घरबिदाको निवेदन भरेका छन् ।

आजदेखि सरकारी कार्यालय सञ्चालन हुने भएसँगै दसैं बिदामा घर गएकाहरु कार्यस्थल फर्किएका छन् । राजधानीमा कार्यस्थल फर्किनेको संख्या बढेको छ ।

दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ । मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौँ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।

    सम्बन्धित समाचार...