१७ बैशाख २०८१, सोमबार

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

chandragrhan

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा भोलि (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ ।

राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण हो ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

    सम्बन्धित समाचार...