२३ बैशाख २०८१, आईतवार

कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते

prakash ghimire

नेपाली चलचित्रका चरित्र अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन्।

घिमिरे शुक्रवार बिहान करिब ९:३० बजे को समयमा पोखराको नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेको बताइएको छ। गम्भीर घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

घिमिरे अभिनीत ‘पशुपति प्रसाद २: भष्मे डन’ हाल प्रदर्शनमा छ। घिमिरेले ’पशुपति प्रसाद’मा पनि सशक्त अभिनय गरेका थिए। उनले दर्जनौँ सुपर हिट चलचित्रमा काम गरेका छन्।

    सम्बन्धित समाचार...