२३ बैशाख २०८१, आईतवार

श्रृंखला खतिवडाले सार्वजनिकरुपमा स्वीकारिन् संभवसँगको प्रेम सम्बन्ध

sri

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले व्यापारी संभव सिरोहियासँगको प्रेम सम्बन्धलाई औपचारिकता दिएकी छिन् । यसअघि, यी दुई प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरुले सार्वजनिक रुपमा प्रेमको सत्यता स्विकार गरेका थिएनन् ।

तर, आइतबार सामाजिक संजालमा केही रोमान्टिक तस्वीर सार्वजनिक गर्दै उनले संभवसँगको प्रेम स्विकार गरेकी हुन् । उनले लेखेकी छिन्–‘नमस्ते, हामी संभव र श्रृङ्खला । म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम साझा गर्न पाउँदा खुशी छु ।’

उनले, आफूहरु बीचको नाम ‘होपलेस–रोमान्टिक’ रहेको पनि उल्लेख गरेकी छिन् । श्रृङ्खलाले आफूहरु दुबै अन्तरमुखी व्यक्तिलाई प्रेम सार्वजनिक गर्नका लागि ठूलै साहस चाहिएको पनि उल्लेख गरेकी छिन् । तर, आफूहरुले भन्नैपर्ने समय आएकाले भनेको उनले लेखेकी छिन् ।

इन्स्टाग्राममा संभवसँगका रोमान्टिक तस्वीरको भिडियो शेयर गर्दै उनले लेखेकी छिन्–‘यहाँ गत बर्ष मैले तपाइसँग कस्तो महशुश गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु । असफल यसकारण कि, मलाई थाहा छ मैले महशुश गरेको भावनाहरुलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ । जुन म तपाइसँग महशुश गर्छु । म मेरो जीवनभर एक आशाहीन रोमान्टिक रहेकी छु । मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तीमा २० फरक खाताहरु छन् । जबदेखि म ११ बर्षको उमेरमा थिएँ । तपाइलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ ।’

श्रृङ्खलाले संभवसँग भेट भएपछि आफ्नो जीवनको मोड नै परिवर्तन भएको उल्लेख गरेकी छिन् । यसका लागि उनले संभवको प्रशंसामा पनि शब्दहरु प्रशस्तै खर्च गरेको देखिन्छ ।

श्रृङ्खला विगत केही समयदेखि संभवको पारिवारिक जमघटमा देखिदै आएकी छिन् । यसबाट नै उनका प्रशंसकहरुले उनको र संभवको प्रेमको बारेमा आँकलन गरिसकेका थिए । तर, आज भने श्रृङ्खलाले सार्वजनिक रुपमा नै प्रेम स्विकार गर्ने हिम्मत जुटाएकी छिन् ।

    सम्बन्धित समाचार...