२० बैशाख २०८१, बिहीबार

जित निकाल्न नसकेकोमा अञ्जनले फ्यानलाई सरी भने

anjan bista

विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।

खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए ।

सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे । खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको लागि गोल गरेका अञ्जन विष्टले जित निकाल्न नसकेकोमा सबै फ्यानलाई सरी भनेका छन् । लाओसविरुद्धको दोस्रो खेल आफूहरुले जित्नको लागि गोरखाली पारामा खेल्ने पनि उनको भनाई छ ।

    सम्बन्धित समाचार...