१६ चैत्र २०८०, शुक्रबार

३० वर्ष पछी लिभरपुल उपाधी नजिक, मार्सियलको ह्याट्रिकमा युनाइटेडको जित

liverpool palace

बुधबार राति घरेलु मैदानमा भएको खेलमा इंग्लिस प्रीमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गर्दै फराकिलो जित निकालेको छ ।

एलेक्जेन्डर अर्नोल्डले २३ औं मिनेटमा, मोहमद सलाहले ४४ औं मिनेटमा, फाबिन्होले ५५ औं मिनेटमा र साडियो मानेले ६९ औं मिनेटमा गोल गर्दै लिभरपुलले शानदार नतिजा निकालेको हो ।

३१ खेलबाट ८६अंक जोडेको लिभरपुल यस वर्षको लिग जित्न उपाधिबाट मात्र दुई अंकले पछी छ । उपाधी जितेसंगै लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधी चुम्नेछ ।

चेल्सीको मैदानमा आज राती १ बजे हुने म्यान्चेस्टर सिटी संगको भिडन्तले लिभरपुलको उपाधि यात्रा तय गर्ने छ । म्यान्चेष्टर सिटीले चेल्सीलाई हराउन नसकेको खण्डमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ ।

anthony martial

यस्तै एन्थोनी मार्सियलको ह्याट्रिकको मद्दतले म्यानेचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोलले पराजित गरेको छ ।

म्यानेचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलामा मार्सियलले पहिलो गोल ७ औ मिनेटमा गरेका थिए । त्यसपछी क्रमश: खेलको ४४ औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस जितसँगै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ ।