१४ बैशाख २०८१, शुक्रबार

घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

chelsea vs city

गएराती भएको खेलामा चेल्सीले आफ्नो घरेलु मैदानमा ३-१ को हार व्यहोरेको छ । हारसंगै चेल्सी तालिकाको आठौ स्थानमा झरेको छ । निकैनै फितलो प्रदर्शन गरेको चेल्सीले खेलको पहिलो हाफमा नै ३ गोल खाएको थियो ।

म्यान्चस्टर सिटिका लागी १८, २१ र ३४ औ मिनेटमा गुन्डगोन्, फोडेन र केबिन डी ब्रुयन्ले गोल गरेका थिए । यो जीत संगै म्यान्चेस्टर सिटी तालिकाको पाचौँ स्थानमा उक्लिएको छ ।

चेल्सीको लागी खेलको ९२औ मिनेटमा क्यालम हड्सनले सन्त्वना गोल गरेका थिए ।

चेल्सीका प्रशिक्षक फ्र्यान्क ल्याम्पार्ड यो हारपछी पदबाट बर्खास्त हुन सक्ने आँकलन पनि गरिएको छ ।