२१ बैशाख २०८१, शुक्रबार

ला लिगा: बार्सिलोनाको रोमाञ्चक जित

barcelona

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले भिल्ला रियलविरुद्ध ४–३ को रोमाञ्जक जित दर्ता गरेको छ। भिल्ला रियलको एल म्याड्रिगल रंगशालामा २–३ गोलअन्तरले पछि परेको अवस्थाबाट बार्सिलोनाले घरेलु टिमलाई हराएको हो।

बार्सिलोनाका लागि लम्मी यामलको पासबाट गाभीले १२ औं मिनेटमै अग्रता बनाएका थिए। अग्रतालाई फ्रांकी डि जोङले १५ औं मिनेटमै दोब्बर परेका थिए। बार्सिलोनाले बनाएको २–० को अग्रता पहिलो हाफसम्म पनि टिकेन। भिल्लाका जुवन फोयथ र अलेक्सान्डर सोलरोथले क्रमशः २६ औं र ४० औं मिनेटमा गोल फर्काएपछि खेल २–२ को बराबरीको अवस्थामा पुग्यो।

दोस्रो हाफको ५० औं मिनेटमा एलेक्स बायनाले गोल गरेपछि भने बार्सिलोना पछि परेको थियो। पछि परेको अवस्थाबाट फराना टोरेसले ६८ औं मिनेटमा गोल गरेर खेललाई पुनः बराबरीसम्म पुर्‍याएका थिए। तर ७१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यो अग्रतासँगै ला लिगाको साविक विजेतासमेत रहेको बार्सिलोनाले जित हाँसिल गरेको हो।

यो जितपछि तीन खेलबाट सात अंक जोडेको बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको रियल मड्रिडको ९ अंक छ। पराजित भिल्ला रियल भने तीन खेलबाट तीन अंक बनाएर १३ औं स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिक क्लबले रियल बेटिसलाई ४–२ गोल अन्तरले हराएको छ। त्यसैगरी भ्यालेन्सिया भने ओसासुनासँग २–१ ले पराजित भएको छ।

    सम्बन्धित समाचार...