२६ बैशाख २०८१, बुधबार

बाग्नर प्रमुख चढेको विमान निर्माता कम्पनीले छाडेको थियो सेवा दिन

prigozhin plane crash

रुस–युक्रेन युद्धको बीचमा भ्लादिमिर पुटिनलाई चुनौती दिने वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ।

समाचार अनुसार मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमान टभर क्षेत्रको कुजेनकिनो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसमा प्रिगोजिनसहित १० जना सवार थिए। यी सबैको मृत्यु भएको दाबी गरिएको छ । तर, करिब आधा बाटो हिँडेर दुर्घटनाग्रस्त भएको विमानमा के भयो भन्ने अझै खुल्न सकेको छैन ।

प्रिगोजिन चढेको प्राइभेट जेट एम्ब्रेर लिगेसी ६०० एग्जिक्युटिभ जेट भएको बताइएको छ । उडान ट्र्याकिङ डाटा वेबसाइट फाइट राडर २४ अनुसार उक्त विमानले ३० मिनेटको उडानमा कुनै समस्या देखाएन र सामान्य रूपमा सञ्चालन गरिरहेको थियो।

तर, दिउँसो ३.१९ बजे विमान एक्कासी तल खस्न थाल्यो । २८ हजार फिटको उचाइमा उडेको विमान मात्र ३० सेकेण्डमै ८ हजार फिट तल खसेको थियो । इयान पेचेनिकका अनुसार ती ३० सेकेन्डमा जे भयो, त्यो धेरै छिटो भयो । तर, दुर्घटना हुनुअघि विमानमा कुनै गडबडी भएको देखिँदैन ।

विमान निर्माता कम्पनीले लामो समयदेखि सेवा उपलब्ध गराएको छैन । विमान बनाउने ब्राजिलको कम्पनी एम्ब्रायर एसएले एक विज्ञप्ति जारी गर्दै १३ सिटको विमानलाई कुनै पनि सेवा दिन बन्द गरेको र रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको पालना गरिरहेको बताएको छ ।

फलाइट राइडर २४ ले यस विमानको दर्ता नम्बर आर ए ०२७९५ रहेको फेला पारेको छ। रिपोर्टहरूका अनुसार प्रिगोजिनले पुटिन विरुद्ध विद्रोह सुरु गर्दा यो लक्जरी जेटमा बेलारुस लगिएको थियो।

फ्लाइट ट्र्याकिङ डाटाका अनुसार दुर्घटना हुनुअघि विमानको अन्तिम सटीक स्थान बिहान ३.११ मा प्राप्त भएको थियो। तर, सिग्नल जाम वा नेटवर्कमा केही हस्तक्षेपका कारण धेरै डाटा प्राप्त हुन सकेको छैन।

बाग्नर प्रमुखको दुर्घटनामा मृत्यु हुदाँ पुटिन हेर्दै थिए एक सांस्कृतिक कार्यक्रम

वाग्नरका नेता येभगेनी प्रिगोजिनको मृत्यु हुदाँ रुसी राष्ट्रपति भ्लादिमर पुटिन भने एक सांस्कृति कार्यक्रममा थिए ।

प्रिगोजिन भएको अनुमान गरिएको विमान दुर्घटनाको खबर बाहिर आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८० औं वर्षगाँठको अवसरमा कुर्स्कमा आयोजित कार्यक्रममा बोल्दै थिए।

१९४३ मा भएको युद्धलाई इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध मानिन्छ।

पुटिनले विमान दुर्घटनाको उल्लेख गरेनन् तर उनले युक्रेनमा ‘बहादुर र दृढतापूर्वक लडिरहेका’ रूसी सैनिकहरूलाई श्रद्धांजलि अर्पण गरे।

अघिल्लो दिन पुटिनले दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए, जहाँ उनले युक्रेनमा युद्ध समाप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए, जसको लागि उनले पश्चिमी राष्ट्रलाई दोष दिएका थिए।

वाग्नरको निजी जहाज दुर्घटनाका तथ्य

वाग्नर समूहको निजी जहाज दुर्घटनाले विश्व हेडलाइन बनाएको छ ।

रुसले सार्वजनिक गरेको दुर्घटनाको बारेमा अहिले विश्वभर चासो छ । सोही चासोको बारेमा पाँच प्रश्नोत्तरमा यहाँ चर्चा गरिएको छ ।

१ प्लेन दुर्घटना कहाँ भएको हो ?

रुसको भाडाका सैनिकहरू चलाउने संस्था वाग्नर समूहका प्रमुख इभ्जेनी प्रिगोजिन समेत सवार भएको भनिएको निजी जहाज रुसमा दुर्घटना भएको हो ।

रुसी राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्गको बिचको क्षेत्र तेभिरमा दुर्घटना भएको हो । इम्ब्रेसरर १३५ बिजे लिगेसी ६०० जेट दुर्घटना भएको हो ।

२ जहाजमा कति सवार थिए ?

तीन चालक दलका सदस्य सहित सात यात्रु जहाजमा भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार मस्को देखी सेन्ट पिटर्सबर्गतर्फको यात्राको क्रममा दुर्घटना भएको हो ।

आरटीका अनुसार प्रिजोगिन सहित वाग्नर समूहका ठूलठूला कमान्डरहरू समेत जहाजमा सवार भएका थिए ।

३ के वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु भएको हो ?

रुसी मिडियाले प्रिगोजिन समेत सवार भएको यात्रु सूचि भएको जहाज भएकोले उनको पनि मृत्यु भएको हुनसक्ने बताएका छन् । तर, जहाज दुर्घटना क्षेत्रबाट भएको उद्धारमा निकालिएका अनुहारहरू सबै नचिनिने भएकोले प्रिगोजिन चिन्न अहिलेसम्म गाह्रो भएको छ ।

४ जहाज दुर्घटनाका फुटेज कसरी बाहिरिए ?

आरटीका अनुसार जहाज फनन घुमेर भुइँमा ठोकिएको केहि भिडियोहरू रुसको चर्चित सामाजिक सञ्जाल टेलिग्राममा भाइरल भएका छन् । प्रत्यक्षदर्शीले खिचेर हालेको बताइएको छ ।

५ दुर्घटनाको कारण के हो ?

हालसालै दुर्घटना भएकोले यसै भन्न सकिने अवस्था छैन । तर, दुर्घटनाका तीन कारणमा एक कारण हुन सक्छन् । एक, प्राविधिक कारण । जहाजी खराबी वा मौसमी खराबीका कारण जहाज दुर्घटना भएको हुनसक्छ । दुई, रुसले जहाज खसाएको पनि हुनसक्छ ।

रुस सत्ताले केहि महिना अगाडि विद्रोह प्रयास गरेपछि वाग्नर समूह भंग गरेको थियो । भंग गरेपछि वाग्नर समूह बेलारुस पुगेको थियो ।

बेलारुसमा भएको वाग्नर समूहको जहाज मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ उड्नुले रुसले कतै बोलाएर हत्या त गरेको होइन भन्ने प्रश्न उठ्छ । पुटिनले आफ्ना पछिल्ला सम्बोधनहरूमा वाग्नर अस्तित्वमै नभएको भन्दै आलोचनात्मक टिप्पणीहरू गरिरहेका थिए । त्यसको समाचार आरटीले प्राथामिकताका साथ प्रकाशन गर्दै आएको थियो ।

जहाज नेटो, युक्रेन वा पोल्यान्डले पनि झारेको हुन सक्छन् । वाग्नर समूह रुसबाट बेलारुस पुगेपछि आफ्नो सीमा सुरक्षामा तनाव भएको पोल्यान्डले बताउँदै आएको थियो । युक्रेन त वाग्नरको कट्टर दुस्मन भइहाल्यो ।

नेटोलाई सिरियादेखि अफ्रिकी महादेशसम्म तनाव दिएको वाग्नर समूह घाँडो भएकै थियो । त्यसैले यि पक्षबाट पनि जहाज खसाएको हो कि भन्ने शंका गर्न सकिन्छ । रुसका विभिन्न सहरहरूमा युक्रेनी ड्रोन हमलाहरू तारकातार भइरहेका थिए । त्यसै क्रममा जहाज खसाउन पनि हमला भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यी नै तीन कारणमा एक कारण हो जहाज दुर्घटनाको । तर, युद्धको समयमा भएको दुर्घटना भएकोले सत्य वा तथ्य आम जानकारीमा आउने कुरामा शंकाको सुविधा छ ।

    सम्बन्धित समाचार...