२१ बैशाख २०८१, शुक्रबार

बक्स अफिसमा ‘हिड्दा हिड्दै र जुलेबी’को हरिविजोग

new

नेपाली फिल्मका लागि यस वर्षको भदौ महिनालाई विशेष रुपमा हेरिएको छ । गत बैशाखमा ‘जारी’ र असारमा ‘बगान’बाहेक कुनै फिल्मले अपेक्षाकृत व्यापार नगरेकाले यो महिनामा सम्भावना बोकेका केही फिल्म प्रदर्शन हुँदैछन् । तर, भदौ महिनाको सुरुवात भने निराशाजनक देखिएको छ ।

भदौ १ गते (शुक्रबार)देखि रिलिजमा आएका २ नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले बक्स अफिसमा दयनीय व्यापार गरेका छन् भनै, हलमा घुँडा टेकेका छन् ।

स्टारडम भएको अभिनेताको रुपमा चित्रित गरिएका आकाश श्रेष्ठ अभिनीत ‘हिँड्दा हिँड्दै’को दुई दिने कमाई ४० हजार पनि नाघेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले तीन दिनमा ३० हजार तीन सय रुपैयाँ कमाई गरेको छ । त्यसो त निर्माताले फिल्मलाई भगवान् भरोसामा छाडिदिएका थिए । अर्थात्, प्रचार नै गरिएको थिएन । त्यसको असर फिल्मको व्यापारमा परेको छ ।

बक्स अफिसमा ‘जुलेबी’को हविगत पनि ‘हिँड्दा हिँड्दै’को जस्तै छ । यो फिल्मले प्रदर्शनको तीन दिनमा जम्मा १ लाख ३ हजारको कमाई गरेको बोर्डको तथ्यांकमा देखिन्छ । कमाई कमजोर भएता पनि यो फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको छ । तर, त्यसको प्रभाव व्यापारमा पर्न सकेको देखिन्न । दर्शकको चरम खडेरीपछि केही मल्टीप्लेक्सहरुले दुईटै फिल्मलाई तीन दिनमै उतारिसकेका छन् । फिल्मको व्यापार निकै कमजोर हुँदा निर्माणपक्षले ठूलो घाटा व्यहोर्ने देखिएको छ ।

अब सिंगो फिल्म क्षेत्रको भरोसा भदौको तीनवटा हप्तामा छ । भदौ ८ मा ‘जय हो’ र ‘महानगर’, भदौ १४ मा ‘ऐंचो पैंचो’ र ‘गणपति’ र भदौ २९ मा ‘एक भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ले कोमामा रहेको नेपाली फिल्मको बजारलाई ब्यूँझाउन सक्ने प्रक्षेपण गरिएको छ । यतिबेला नेपाली हलमा विदेशी फिल्मको दबदबा छ । बलिउड फिल्म ‘गदर २’ र ‘ओएमजी २’ले सुखद व्यापार गरिरहेका छन् ।

    सम्बन्धित समाचार...