२२ बैशाख २०८१, शनिबार

सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको छ : वर्षमान पुन

Barshaman Pun
फाइल फोटो

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सरकारविरूद्ध घेराबन्दी र आक्रमण गरिएको दाबी गरेका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले सरकारविरूद्ध घेराबन्दी र आक्रमण गरिएको दाबी गरेका हुन्।

उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको छ। सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको छ।’

उनले सरकारले सबै घेराहरु तोडेर मुलुक र जनताको पक्षमा काम गर्ने बताएका हुन्।

    सम्बन्धित समाचार...