२३ बैशाख २०८१, आईतवार

मुख्यमन्त्री थापाको आग्रहः ‘प्रदेशको स्थिरता र विकासका लागि विश्वासको मत दिनुस्’

thapa

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभा बैठक सुरु भएको छ । मुख्यमन्त्री थापाले संविधानको धारा १८८ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेशमा स्थिरता र विकासका लागि विश्वासको मत दिन गठनबन्धन र प्रतिपक्षी दलका सांसदसँग आग्रह गरे ।

‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिका अभ्यास अगाडि बढाउन गठबन्धन दलका सबै र एमाले, राप्रपा लगायतका माननीय एवं दलका नेताहरुसँग म हार्दिक आह्वान गर्न चाहन्छु,’– उनले भने ।

    सम्बन्धित समाचार...