२१ बैशाख २०८१, शुक्रबार

फेरि बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य : लिटरको कति ?

petrol

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढेको छ । 

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको हो । डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले मूल्य बढाइएको निगमले  जनाएको छ । 

अब पेट्रोल पहिलो वर्गमा लिटरको १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पर्ने भएको छ ।  डिजेल र मट्टितेल पहिलो वर्गमा लिटरको १६४=५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ भएको छ ।

इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएको कारण नेपालमा पनि त्यही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

mulya-briddhi1692114922.jpg

    सम्बन्धित समाचार...