२२ बैशाख २०८१, शनिबार

कागबेनीमा बाढी, पक्की पुलसहित दश घर बगायो

mu

छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा बाढीले वितण्डा मच्चाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारीअनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तलको कागबेनी बस्तीमा पस्दा १० वटा घर-होटल, प्रहरी चौकी, जोमसोम–कोरोला सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, दुईवटा गाडी र तीनवटा विद्युत पोल बगाएको छ ।

त्यसैगरी बाढीले कागबेनीस्थित हिन्दुहरुको श्राद्धस्थल तथा धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टी भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङमा पहिरोसँगै कागखोलामा मिसिएपछि बाढी आएको हो ।

‘आईतबार साँझदेखि स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिगारेकाले हामी जोमसोमबाट कागबेनीतर्फ पैदल हिँडेका छौँ । घट्नास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकाशमुनि रात बिताएका छन् ।’

ww
ee
365460648 219751397354716 8028700523689658401 n
mustang badhi 5BF0IQVHft
366976024 3504186073203040 8595052120034614560 n A1GQU7I5my

    सम्बन्धित समाचार...