१७ बैशाख २०८१, सोमबार

ला लिगा: डिफेन्डिङ च्याम्पियन बार्सिलोना र गेटाफेले पहिलो खेलमै अंक बाँडे

barca

स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना र गेटाफेले बराबरी खेल्दै अंक बाँडेका छन् ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि १–१ अंक बाँड्न बाध्य भए ।

गेटाफेको घरेलु मैदान कोलिजियम अल्फोन्सो पेरेजमा भौतिक खेलको प्रदर्शन गर्न थालेपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भए । लिड्सका पूर्व फरवार्ड राफिन्हाले गेटाफेका ग्यास्टन अल्भारेजलाई कुहिनोले प्रहार गरेपछि ब्रेकअघि नै खेलको ४२ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए । यसअघि राफिन्हाको प्रहारलाई गेटाफेका गोलकिपर डेभिड सोरियाले गोल हुनबाट जोगाएका थिए ।

दोस्रो हाफको सुरुवातमै गेटाफे पनि १० खेलाडीमा सीमित भयो । जुवान माटालाई रेफ्री अब्दे इज्जलजौलीले दोहोरो पहेलोसँगै रातो कार्ड देखाएपछि उनले मैदान छोड्नु पर्‍यो ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व कप्तान इल्के गुन्डोगनले यस खेलमार्फत बार्सिलोनाका लागि ला लिगामा डेब्यु गरे । ३२ वर्षीय जर्मन स्टार यसै सिजन स्पेनिस दिग्गज टोलीमा सामेल भएका थिए । उनीसँग खेलको दोस्रो मिनेटमै गोल गरेर क्याटलान क्लबमा सुनौलो डेब्यु गर्ने मौका थियो । तर उनी अफसाइड ट्र्यापमा परे ।

दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गर्ने अवसर सिर्जना गरेका थिए । सोही क्रममा गाभी र रोनाल्ड अराउजोमा सम्भावित फल जाँच गर्न भीएआर प्रयोग गरिए पनि निर्णय बार्सिलोनाको पक्षमा आउन सकेन । हारसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

यस्तै, ला लिगामै गएराति सम्पन्न अन्य खेलहरुमा रियल बेटिसले भिल्ला रियललाई २–१ ले पराजित गर्‍यो । रियल बेटिसले २० औं मिनेटमा अयोज पेरेजको गोलबाट खाता खोलेको थियो । ६१ औं मिनेटमा भिल्लारियलले बराबरी गोल गरकेो थियो । जर्ज कुएन्साले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको दोस्रो हाफमा ८ मिनेट थप गरिएको थियो । तर, अतिरिक्त ५ औं मिनेटमा रियल बेटिसले गोल गर्दै स्पष्ट ३ अंक लिन सफल भयो । रियल बेटिसका लागि विलियन जोस डि सिल्भाले गोल गरेका थिए ।

यसैगरी ला लिगाकै अर्को अर्को सेल्टाभिगो ओसासुनासँग पराजित भएको छ । गयराति नै भएकोे खेलमा ओसासुना २–९ ले विजयी भएको हो । २४ औं मिनेटमा रुबेन ग्रेसियाले गोल गर्दै अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा मोइसिस गोमेजले अग्रता दोब्बर बनाउँदै जित पक्का गरे । जितसँगै ओसासुनाले स्पष्ट ३ अंक जोड्न सफल भयो ।

    सम्बन्धित समाचार...