५ जेष्ठ २०८१, शनिबार

मौसमः देशैभरी पानी पर्ने, सडक तथा हवाई यातायात प्रभावित हुने

weather aajko mausam

देशभर सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको जनाएको छ । यसका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाकाअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आइतबारको तुलनामा आज कम वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

बुधबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। साथै कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...