२५ बैशाख २०८१, मंगलवार

लमजुङमा जुवा खालमा प्रहरी अप्रेसन : साँढे चारलाख सहित २२ जुवाडे पक्राउ

Juwa tas

लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

    सम्बन्धित समाचार...