६ जेष्ठ २०८१, आईतवार

आज विभिन्न जिल्लाका नदीमा बहाव बढ्ने, आइतबारदेखि बाढीको उच्च जोखिम

60c9a1cd620fa flood 26

आगामी आइतबारदेखि देशका अधिकांश नदीहरुमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान एक सूचना जारी गर्दै वर्षाका कारण देशका अधिकांश नदीहरुमा आजदेखि बहाव बढ्दै जाने उल्लेख गरेको छ । बाढी पूर्वानुमान बलेटिनकाअनुसार आज र भोलि देशका सबै नदीहरुको बहाव सामान्य बढ्ने छ भने आइतबारदेखि धेरैजसो नदीको बहाव उल्लेख वृद्धि हुनेछ ।

महाशाखाले आज केही जिल्लाका स-साना नदीहरुमा सामान्य बाढी आउन सक्ने पूर्वानुमान गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसापास भइ बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने छ ।

यस्तै भोलि कोशी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरुमा बहान सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

आइतबार भने तराई भू-भाग भई बहने अधिकांश नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भू-भाग भई बहने केही स-साना नदीहरुमा आकस्मिक बहाव (बाढी) को जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कणर्ाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरुमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार...