२६ बैशाख २०८१, बुधबार

फिदिम जिप दुर्घटना : थप एक जनाको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

as

पाँचथरको फिदिम नगरपालिका-२ मा दुई दिन अघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला-५ पापुङकी इसेटीमा शेर्पाको निधन भएको छ ।

बिहीबार बिहान उपचारको क्रममा उनको निधन भएको हो । योसँगै उक्त दुर्घट्नामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शेर्पाको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । आईसीयुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान साढे एक बजे मृत घोषणा गरेका हुन् ।

यसअघि सोही दुर्घटनामा परेकी फिदिम नगरपालिका-१० की ४० वर्षीया सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला-१ ढुङ्गेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्रम वनेमको निधन भएको थियो ।

झापादेखि फिदिम आँउदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्डअन्तर्गत फिदिम-२ सामदिनमा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । ती मध्ये काठमाडौं बल्खु घर भएकी मिना लिम्बूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको पनि बीएण्डसी टिचिङ अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार...