२६ बैशाख २०८१, बुधबार

पीएसजीको बेच्न सकिने खेलाडीको सूचीमा एम्बाप्पे

Kylian Mbappe

फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)को एसिया प्रि-सिजन टुरमा समावेश गरिएको छैन । यससँगै एम्बाप्पेलाई पीएसजीले बेच्न सकिने खेलाडीको सूचीमा राखेको छ।

क्लबसँगको आफ्नो करार नवीकरण नगर्ने बताएपछि गत महिनाबाट फ्रान्सको लिग विजेता पीएसजी र एम्बाप्पेबीचको सम्बन्ध चिसिएको हो।

एम्बाप्पेले पीएसजीसँग आफ्नो करार नवीकरण नगर्ने हो भने उनी सन् २०२४ को जुनमा आफ्नै हिसाबले चाहेको क्लब जना सक्ने छन्। त्यसो हुँदा पीएसजीले एम्बाप्पेका लागि तिरेको १८० मिलियन युरोबाट नयाँ केही फाइदा हुने छैन।

पीएसजी अध्यक्ष नासर अल खेलइफीले भने त्यस्तो अवस्था नआउने बताएका छन्। पीएसजीले भने एम्बाप्पेले रियाल मड्रिडसँग आफैँ सम्झौता गरिसकेको बुझेको हुनाले उनलाई बेच्न सकिने खेलाडीहरुको सूचीमा राखेको हो।

पीएसजीले ११ मध्ये ९ फ्रेन्च लिग वान टाइटल जितेको छ । तर सोचे अनुरुप च्याम्पियन्स लिगमा सफलता हात नपर्दा क्लबमा निराशा बढेको हो।

    सम्बन्धित समाचार...