२० बैशाख २०८१, बिहीबार

‘वाग्नर समूह’ को वैधानिकतामाथि नै पुटिनको प्रश्न

Vladimir Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लडाकु समूह ‘वाग्नर ग्रुप’को अस्तित्वमाथि प्रश्न उठाएका छन् । वाग्नर ग्रुप युक्रेनविरुद्धको लडाइँमा रुसलाई सहयोग गर्दै आइरहेको निजी सैनिक जत्था हो ।

रुसको एउटा पत्रिकालाई अन्तरवार्ता दिने क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्नो देशमा यस किसिमको निजी लडाकू समूह राख्ने कुनै प्रावधान वा कानुन नभएको बताएका हुन् ।

रुसको मुलुकी अपराध संहिता ३५९ ले कुनै पनि निजी समूहलाई यस किसिमको लडाइँसम्बन्धी गतिविधि गर्न बर्जित गरेको छ । यस किसिमको निजी लडाकु समूहलाई वैधानिकता दिनका लागि रुसी संसद डुमाले पहिला यससम्बन्धी कानुनलाई मान्यता दिनुपर्ने पनि पुटिनको भनाइ छ ।

यसैबीच मारिएको आशंका गरिएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको अवस्था अझै अज्ञात रहेको छ । क्रेमलिनले प्रिगोजिन बेलारुसमा रहेको बताइरहेका बेला गत हप्ता बेलारुसी राष्ट्रपति अलेकजेन्डर लुकासेन्कोले वाग्नर प्रमुख रुसमा नै रहेको बताएका थिए ।

वाग्नर प्रमुख प्रिगोजिन गत जुन २३ मा रुसभित्र सैनिक विद्रोहको प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन बनेका हुन् ।

    सम्बन्धित समाचार...