२५ बैशाख २०८१, मंगलवार

कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ, माओवादीले पठाएन मन्त्री

Uddab Thapa Sapath e1688704027903

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई प्रदेश प्रमुख परशुरामखापुङले पद गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सहित चार जनाले शपथ गर्ने तयारी गरेको थियो तर, माओवादीले मन्त्री नपठाएपछि मुख्यमन्त्री सहित ३ जनाले शपथ लिएका छन् ।

नेपाली काङ्ग्रेसबाट प्रदीपकुमार सुनार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएको भएपनि माओवादीबाट कोही उपस्थित भएनन् ।

थापा बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

Pradip Sunuwar and Kamal Jabegu e1688704055542

    सम्बन्धित समाचार...