२६ बैशाख २०८१, बुधबार

सुपर सिक्समा पुग्न आज नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाब

355322422 659731862849864 2842603431250967190 n

आईसीसी विश्वकप ग्लोबल छनोटको अन्तिम खेलमा आज (शनिबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । सुपर सिक्समा स्थान बनाउन नेपाललाई जित्नै पर्ने दबाब छ ।

जिम्बाब्वेको ताकासिन्हा स्पोर्ट्स क्लबमा खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । अघिल्ला तीन मध्ये दुई खेल गुमाएको नेपाललाई नेदरल्याड्सविरुद्धको जितले मात्र सुपरसिक्स पुग्न पर्याप्त हुनेछ । नेपालले तालिकामा २ अंक जोडेको छ । समान अंक भएको नेदरल्यान्ड्स नेटरनरेटमा अघि रहँदै तालिकाको तेस्रो स्थानमा छ ।

वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार सामना गरेपछि नेपाल रनरेटमा पछि परेको हो । नेपालले अमेरिकालाई जित्दा पहिलो खेलमा जिम्बाब्वेसँग पराजय व्यहोरेको थियो । नेदरल्यान्ड्स जिम्बाब्बेसँग पराजित हुँदा अमेरिकालाई नै पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित अमेरिका भने बाहिरिसकेको छ । आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजको सुपरसिक्स दौड बलियो रहेको छ ।

त्यसैले यो समूहबाट सुपरसिक्स खेल्ने अन्तिम टिमको टुंगो नै नेपाल र नेदरल्यान्ड्सबीचको खेलले लगाउने छ । यसअघि नेपाल र नेदरल्यान्ड्सले एक दिवसीय अन्तर्राष्ट्रिय सन् २०१८ अगस्टमा दुई पटक खेलेका छन् । दुई खेलको उक्त सिरिजमा एक-एकको बराबरी भएको थियो ।

नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि पहिलो सिरिजनै नेदरल्यान्ड्ससँग खेलेको थियो । विश्वकप छनोटमा भने नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट हुनेछ । आजै यही समूहमा वेस्ट इन्डिज र जिम्बाब्वेबीच सोही समयमा प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टिम सुपर सिक्समा पुग्ने छ ।

    सम्बन्धित समाचार...