२६ बैशाख २०८१, बुधबार

वर्षा बाधक बन्दा नेपाल समूह चरणबाटै बाहिरियो

354198740 655244149965302 5636334621465175027 n

वर्षा बाधक बन्दा नेपाल एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणका दुई खेल स्थगित हुनु नेपालका लागि दुर्भाग्य बन्यो ।

हकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार आज बिहान ६ : ४५ मा घरेलु टोलीसँग हुने भनिएको खेल वर्षाका कारण टस नभइ रद्द भयो। यसअघि भारत ‘ए’ सँगको खेलमा पनि वर्षा बाधक बनेपछि अन्तिम खेलमा जित्नै पर्ने दबाब नेपाल रहेको थियो । तर आजको खेल पनि हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपालले समूह चरणको एक खेल मात्रै खेल्यो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ रनको पराजय व्यहोरेको थियो ।

नेपाल आगामी भदौ ११ देखि २० गतेसम्म मलेसियामा हुने महिला टी–ट्वान्टी विश्वकपको छनोटको तयारी गरिरहेको छ ।

इमर्जिङ कप तयारीका लागि राम्रो अवसर भएपनि एक खेल खेलेर नेपाल स्वदेश फर्किँदैछ । थाइल्यान्डले अन्तिम समयमा भिसाको कारण हङकङ भ्रमण स्थगित गरेपछि नेपालले प्रतियोगितामा सहभागिताको मौका पाएको थियो ।

    सम्बन्धित समाचार...