२६ बैशाख २०८१, बुधबार

नेपाल सामु विश्वकपको ग्लोबल छनोट असली परीक्षा

nepal

आईसिसी विश्वकप ग्लोबल छनोटअघि भएका दुई वार्मअप खेलमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दै तयारी पुरा गर्‍यो ।

टेस्ट राष्ट्रसँग वार्मअप खेल्न नपाएको नेपालले दुवै खेलमा आफ्ना परिचित प्रतिद्धन्दीको सामना गर्दै मिश्रित नतिजा निकालेको हो । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल सामु विश्वकपको ग्लोबल छनोट असली परीक्षाका रुपमा आएको छ ।

यसै वर्ष भारतमा हुने आईसिसी विश्वकपका लागि आइतबारदेखि जिम्बावेमा ग्लोबल छनोट हुँदैछ । एसिसी प्रिमियर कपपछि केही दिनको विश्राम छोड्ने हो भने पछिल्लो ४ महिनादेखि टोलीले निरन्तर प्रशिक्षण र खेल खेल्दै आएको छ ।

जिम्बावेको वातावरणमा घुलमिल हुन दक्षिण अफ्रिकामा १ साता तयारी गर्दा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेलेका दुवै अभ्यास खेलमा नेपाल पराजित भयो । अभ्यासका रुपमा खेलिएको खेलमा नेपालको ब्याटिङ चल्न सकेन ।

स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङका लागि बोलाइएको नेपाल २८ ओभर ५ बलमा १ सय ३५ रनमा अलआउट भयो भने नेदरल्याण्ड्सविरुद्ध पनि पहिले ब्याटिङ गर्दै ३६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो । कुनै पनि खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन् । यद्यपी यी खेलमा फरक फरक खेलाडीलाई गरेको परीक्षण ग्लोबल छनोटको खेलमा लाभदायी बन्नेछ ।

जिम्बावेमा १ सातादेखि तयारी गरिरहेको टोलीले त्यहाँ पनि २ वार्मअप खेल खेल्यो । टेस्ट राष्ट्रसँग वार्मअप खेल्न नपाएको १ मात्र छनोटमा सहभागी टोली नेपालले आफ्ना परिचित प्रतिद्धन्दीहरु कुवेत र युएईसँग १-१ खेल खेल्दा मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा युएईसँग नेपाल ३ विकेटले हार्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल अघि सबै विकेट गुमाएर २ सय ७५ रनको योगफल बनायो । यसमा नेपालका ओपनर र सुरुवाती क्रमका ब्याटरको प्रदर्शन उच्च रह्यो । लगातार ३ खेल हारेको नेपाललाई अन्तिम खेल जित्दै बलियो आत्मविश्वासका साथ छनोट खेल्न तयार भयो । ओमानविरुद्ध २ विकेटको जित निकाल्ने क्रममा ओपनर कुशल भुर्तेलले शतक, भीम सार्कीले अर्धशतक र सोमपाल कामीले ५ विकेट लिँदै लयमा फर्किएको संकेत गरे ।

त्यस खेलमा सोमपाल ५ र सन्दीप लामिछानेले ३ विकेट लिँदै ओमानलाई कम रनमा रोक्दा ब्याटिङमा कुशल १०१ रन मा रिटायर्ट आउट भए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७१ रन र दोस्रो विकेटका लागि कुशल र भीम सार्कीले ११५ रनको साझेदारी गरे । यो साझेदारीले खेलाडीमा धैर्यता बढाएको देखिन्छ ।

नेपाल अब त्यही लय ग्लोबल छनोटमा पनि निरन्तरता दिने लक्ष्यमा छ । टि ट्वेन्टीमा टेस्ट राष्ट्रसँग खेलिसकेको नेपालले एक दिवसीयमा ती टोलीको सामना गर्न लागेको पहिलो पटक हो । अहिलेसम्म नेपालले ५१ ओडीआई खेल्दा सबै एसोसिएट टोलीविरुद्ध नै खेलेको थियो । सन् २०१८ मा जिम्बावेमा पपुवा न्युगिनीलाई हराउँदै ओडिआई मान्यता पाएको नेपालसामु अब त्यही भूमिमा अर्को इतिहास बनाउने मौका छ । यसको सुरुवात आइतबार घरेलु टोलीसँग खेल्दै हुनेछ ।

त्यो खेलमा नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्नेछ । १० टोल सहभागी छनोटमा नेपाल रहेको समुह ए मा अमेरिका र नेदरल्याण्ड्स तथा टेस्ट राष्ट्रहरु वेस्टइण्डिज र जिम्बावे छन् । नेपालले दोस्रो खेलमा असार ५ गते अमेरिका, असार ७ वेस्टइण्डिजसँग तेस्रो र अन्तिम खेल असार ९ नेदरल्याण्ड्ससँग खेल्नेछ । दुवै समुहका शीर्ष ३३ टोली सुपर सिक्स र त्यसको शीर्ष २ टोली विश्वकपमा प्रवेश गर्नेछ ।

    सम्बन्धित समाचार...