१७ बैशाख २०८१, सोमबार

आईसीसी विश्वकप छनोट: नेपाल र यूएईबीच आज प्रतिस्पर्धा

nepal

आईसीसी विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन् । नेपालले चिरप्रतिद्वन्द्वी यूएईसँग पहिलो वार्मअप खल्दैछ ।

ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि खेल हुनेछ । विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक्लो मुलुक हो । त्यसैले नेपालले यूएई र ओमानसँग प्राप्त वार्मअपको अवसरलाई सक्दो सदुपयोग गर्नेछ ।

नेपालले यसअघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेल्दा दुवैमा पराजित भएको थियो । दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ ।

यूएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ । पछिल्ला चार खेलदेखि यूएईविरुद्ध नेपाल अपराजित छ । नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ ।

विश्वकप छनोटमा नेपालले असार ३ गते आयोजक जिम्बाब्वेको सामना गर्नेछ । नेपाल समूह ए मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै छ । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमन र यूएई छन् ।

    सम्बन्धित समाचार...