१७ बैशाख २०८१, सोमबार

बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

Earthquake

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ ।

बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार बिच्छ्या आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो ।

गत माघ १० गतेको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पपछि बाजुरालगायत आसपासका जिल्लामा साना भूकम्प निरन्तर आइरहेका छन् ।

हरेक महिना भूकम्प जान थालेपछि स्थानीय त्रसित बन्दै गएका छन् ।

    सम्बन्धित समाचार...