३ जेष्ठ २०८१, बिहीबार

माधव नेपाल भन्छन् – बजेटकै कारण सरकार ढल्न सक्छ

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका कारण वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुको कुराकानीमा उनले बजेटप्रति सत्ता गठबन्धनकै धेरै नेता असन्तुष्ट रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी उनको भनाइ छ ।

अध्यक्ष नेपालले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’

सत्ता गठबन्धन ५ वर्षै चलाउनु पर्ने र त्यसका लागि आफ्नो प्रयास रहनेमा अध्यक्ष नेपालको जोड छ । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् भने उनको पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ।

    सम्बन्धित समाचार...