३ जेष्ठ २०८१, बिहीबार

द्वन्द्वकालीन मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्ने प्रतिगामी हर्कत भइरहेको छः बाबुराम भट्टराई

baburam
फाइल फोटो

नेपाल समाजवादी पार्टी (नेसपा) ले शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रुपमा अगाडि बढाएर निष्कर्षमा पुर्याउन माग गरेको छ ।

गत जेठ २५ र २६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको हो ।

बैठकले द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न प्रतिगामी हर्कतहरु भइरहेको भन्दै भत्सर्नासमेत गरेको छ । साथै, टीकापुर घटनाका दोषी रेशम चौधरीले पाएको आम माफीको बैठकले स्वागत गरेको छ ।

मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन लगायतका बन्दीहरुलाई यथाशीघ्र रिहाइको मागसमेत गरिएको छ ।

    सम्बन्धित समाचार...