१७ बैशाख २०८१, सोमबार

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

Asia Cup Trophy

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले गरेको प्रस्तावमा एसियाली क्रिकेट परिषदले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

आगामी सेप्टेम्बर १ देखि १७ तारिखको भित्र हुने प्रतियोगिताका १३ मध्ये ४ देखि ५ वटा खेल पाकिस्तानमा हुनेछन् भने बाँकी खेलहरू श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।

नेपालले एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।

    सम्बन्धित समाचार...