२१ बैशाख २०८१, शुक्रबार

राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग

सरकारको नीति तथा कार्यक्रमबारे दलका नेताहरुको प्रतिक्रिया 6

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र सङ्गठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानुनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको परिसरले जनाएको छ।

परिसर प्रमुख दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदनमा ३० जना अभियुक्तले २७ करोड ५० लाख ७४ हजार पाँच सय रुपैयाँ ठगी गरेको पाइएको जानकारी दिए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका व्रmममा २३ वटा उजुरीमार्फत ११३ जना पीडितले जाहेरी दिएको जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको १७८ पृष्ठको रायसहितको प्रतिवेदनमा पक्राउ परेका १६ जना र पक्राउ पुर्जी जारी भएपछि फरार भएका १४ जनामाथि सङ्गठित अपराध, ठगी तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय पेस गरिएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईको भूमिका प्रमुख देखिएको अनुसन्धानबाट खुलेको छ।

यसै गरी यस प्रकरणमा पक्राउ परेका सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राईका छोरा निरज राई र तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र रायमाझीका छोरा सन्दीप रायमाझीको भूमिका बिचौलियाको रहेको खुलेको छ। सागर थुलुङ राई, टङ्क गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका अभियुक्तले पीडितहरूसँग प्रत्यक्ष रूपमा रकम असुल गर्ने गरेको पाइएको छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...