१६ बैशाख २०८१, आईतवार

युभेन्टसको १० अंक घटाइयो

juventus

इटालियन सिरी ए क्लब युभेन्टसको खेलाडी स्थानान्तरण प्रक्रिया पारदर्शी नदेखिएपछि १० अंक घटाइएको छ ।

युभेन्टसविरुद्ध अघिल्ला सिजनमा पनि आर्थिक कारोबार, खेलाडी खरिद बिक्रीलगायत निष्पक्षता नभएको आरोप लागेको थियो । सोही आरोप प्रमाणित भएको भन्दै नयाँ सुनुवाइमा युभेन्टसलाई कारबाही गरिएको हो ।

यसअघि गत जनवरीमा यही आरोपमा युभेन्टसको १५ अंक घटाइएको थियो । तर युभेन्टसले आफूले गल्ती नगरेको भन्दै इटालीको खेलकुदको सबैभन्दा उच्च न्यायिक निकायमा पुन: छानबिन गर्न माग गर्दै पुनरावेदन दिएको थियो । त्यसपछि पुन: छानबिन गरिएको मुद्दामा गत अप्रिलमा युभेन्टसको पक्षमा फैसला आएपछि फेरि १५ अंक युभेन्टसले पाएको थियो ।

सन् २०१९ देखि २०२१ सम्म युभेन्टसले इटालियन फुटबल महासंघको नियमावली विपरीत खेलाडी खरिद गरेको आारोप लागेको थियो । उक्त अवधिमा क्लब ट्रान्सफरबाट आफूलाई ६० मिलियन युरोको लाभ भएको कृत्रिम कागज बनाएको पाइएको थियो । जसमा क्लबका पूर्व उच्च पदस्थ व्यक्तित्वसहित वर्तमान कार्य समितिका सदस्यसमेत मुछिएका थिए ।

क्लबका पूर्व अध्यक्ष एन्द्रिय एग्नेली, प्रमुख मौरिजियो एरिभावेने तथा निर्देशक फेडेरेको चेरुबिनी र फाबियो पराटिसीमाथि लगाइएको प्रतिबन्ध भने फुकुवा भएको छ । वर्तमान अन्य पदाधिकारी भने अझै कारबाहीमा छन् । अंक घटाइएपछि युभेन्टस ५९ अंकसहित सातौँ स्थानमा झरेको छ। तालिकामा युभेन्टस तल झरेपछि एसी मिलान भने चौथो स्थानमा उक्लेको छ।

    सम्बन्धित समाचार...